१५ मंसिरसम्म एमाले नेतृत्वमा सरकार बन्ने ओलीको दाबी
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले १५ मंसिरसभित्रै एमालेको नेतृत्वमा सरकार गठन गर्ने बताएका दाबी गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटको महेन्द्र शान्ति माविको मतदान केन्द्रमा मतदान गरेपछि ओलीले यस्तो दाबी गरेका हुन् । एमालेले बहुमत ल्याएर सरकार गठन गर्ने दाबी उनले गरेका हुन् ।
‘निर्वाचनमा सबै जनताहरु सहभागी हुनुस् भन्न चाहन्छु । आफूलाई मनपरेको पार्टीका उम्मेदवारलाई मत दिएर मताधिकारको प्रयोग गर्नुस्’ ओलीले भने, ‘यो निर्वाचनपछि एमालेलले बहुमत ल्याउँछ भन्नेमा मेरो पूर्ण विश्वास छ । १छ मंसिरसम्म एमालेको नेतृत्वमा सरकार बन्छ ।’
एमालेले बहुमतको सरकार बन्ने ठोकुवा गरेका ओलीले हुदै नभए अन्य दलसँग मिलेर सरकार एमालेले नै गठन गर्ने दाबी पनि गरे ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा प्रतिनिधिसभातर्फका उम्मेदवार हुन् । तर उनले महेश बस्नेत उम्मेदवार रहेको क्षेत्र भक्तपुर २ मा मतदान गरेका हुन् ।
तर निर्वाचन आयोगले मंसिरको तेस्रो सातासम्ममा मात्रै प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम आउने यस अघि नै बताइसकेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया