इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता
इरान । इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले गम्भिर चिन्ता व्यक्त गरेको छ ।
इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लङ्घनमा कारबाही गर्न माग गरेका छन् ।
इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ । गत बुधवार सात जना बालबालिका मारिएका थिए । मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ ।
आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो । उनका बुबा गोली लागेर घाइते भएका उनकी आमाले सञ्चार माध्यमलाई बताएकी जनाइएको छ । इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया