अमेरिकामा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु
संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको अनुसन्धानकर्ताहरुले घोषणा गरेका छन् ।
सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो । शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र सङ्घीय उड्डयन प्रशासनद्वारा अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया