बाजुरामा प्रहरीले गोली चलाउँदा यसरी मारिए अएडी, तीन जना घाइते
काठमाडौं । ४ मंसिरमा चुनावमा केही ठाउँमा छिटफुट घटना भए पनि बाजुरामा भने दुखद् घटना भएको छ ।
बाजुराको त्रिवेणी नगरपालिका ७ मा मतदान सकिंनै लाग्दा भएको झडपमा प्रहरीले गोली चलाउँदा सञ्जीव अएडीको मृत्यु भएको हो ।
मतदान अन्तिम अवस्थामा पुग्न लाग्दा एकजना स्थानीय मतपेटिका खोस्न खोजेपछि झडपको स्थिति उत्पन्न भएको प्रहरीले जनाएको छ ।
झडपमा परी प्रहरी हवल्बदार कृष्ण कुँवर र अन्य तीनजना पनि घाइते भएका छन् । पर्शुराम पाध्याय र खड्ग अएडी पनि घाइते भएका छन् ।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया