काठमाडौं ८ को मतगणना आज हुन सकेन, यस्तो छ कारण

काठमाडौं । काठमाडौं क्षेत्र नं ८ मा भोलीबाट मात्रै मतगणना हुने भएको छ । मतपेटिका संकलन पछि बसेको सर्वदलिय बैठकले भोली विहान ८ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगले राजधानी र तराईका जिल्लामा आजैबाट मतगणना थाल्न भनेको थियो ।
तर निर्वाचन अधिकृतको कार्यालयले अहिलेबाटै मतगणना शुरु गर्न जनशक्ति नभएको बताएपछि भोली विहानबाट गणना हुने भएको हो ।
त्यस क्षेत्रका उम्मेदवार सुमन सायमीले कर्मचारीको कमजोरीका कारण मतगणना ढिलो हुने भएको बताए ।
प्रतिक्रिया