NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

भक्तपुरमा पनि शुरु भयो मतगणना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु भएको छ । बोडेस्थित कृषि विकास तालिम केन्द्रमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।

पराजुलीका अनुसार दुई ठाउँबाट मतगणना थालिएको हो । एमालेको उम्मेदवार महेश बस्नेत र कांग्रेसका उम्मेदवार दुर्लभ थापाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा बस्नेत विजयी हुँदै आएका थिए ।