काठमाडौ क्षेत्र नं १ को मतगणना ८ बजेपछि, आजै परिणाम आउने

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना आज विहान ८ बजेपछि मात्रै शुरु हुने भएको छ ।
निर्वाचन आयोगले हिजो रातीदेखि नै मतगणना शुरू गर्न निर्देशन दिएपनि निर्वाचन अधिकृतको कार्यालयले अवज्ञा गरेको हो ।
मतपेटिका संकलनपछि बसेको सर्वदलिय बैठकमा विहानबाट मात्रै मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयले गरेको प्रस्ताव दलहरुले स्वीकार गरेका हुन् ।
काठमाडौं क्षेत्र नं १ मा करिब २५ हजार मतमात्रै खसेको छ । आज राती अवेरसम्म अन्तिम परिणाम आइसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया