काठमाडौं १ मा मतगणना सुरू
काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको मतगणना सुरू भएको छ ।
आज विहान ८ बजेबाट हुने भनिएको मतगणना प्राविधिक कारणले ढिलो भएको हो ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट किरण पौडेल, राप्रपाबाट रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतको उम्मेदवारी रहेको छ ।


प्रतिक्रिया