NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रारम्भिक मतपरिणाप्रति रवि उत्साहित : रास्वपाले निर्णयक मत ल्याउने दाबी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उत्साह जनक नतिजा आउने संकेत देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

चितवन–२ मा सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब आफूलाई उपेक्षा गरेर देशको राजनीति अगाडी नबढ्ने प्रतिक्रिया दिएका हुन् ।

हामीलाई उपेक्षा गरेर अब देशको राजनीति अगाडी बढ्न सक्दैन’, उनले भने, ‘प्रारम्भिक नतिजाप्रति आफू उत्साही रहेको र चुनावी परिणाम त्यही अनुसार आउनेछ ।’

चितवन–२ को मतगणना दिउँसो १ बजेपछि सुरू हुने जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ । उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले केही ठाउँमा अग्रता लिएका छन् भने समानुपातिकमा पनि उनको दलले उल्लेख्य मत ल्याउने प्रारम्भिक नतिजामा देखिएको छ।