NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तेह्रथुमको छथरमा स्थगित मतदान मंगलबार हुने

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि स्थगित मतदान मंगलबार हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।

उक्त मतदान केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।