भक्तपुर २ मा थापालाई पछ्याउँदै बस्नेत
काठमाडौं । भक्तपुर क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनी ४११९ मतले अग्रस्थाामा छन् भने उनलै पछ्याइरहेका महेश बस्नेतले ३६८४ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै नेपाल मदजुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।
उक्त क्षेत्रमा ९१ हजार ९ सय ११ मतदाता रहेकोमा आइतबार ६५ हजार ९ सय १९ मत खसेको थियो ।


प्रतिक्रिया