NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौं १ मा पछि परे मिश्र

काठमाडौं । काठमाडौं क्षेत्र नंबर १ मा राप्रपाका उम्मेदवार रविन्द्र मिश्र तेस्रो स्थानमा पुगेका छन् ।

हालसम्मको मतपरिणामअनुसार मिश्र ८ सय ९६ मतले तेस्रो स्थानमा पुगेका हुन् । यसअघि उनी दोस्रो स्थानमा थिए ।

मिश्रलाई एमालेका उम्मेदवार किरण पौडेलले उछिनेर दोस्रो स्थान कायम गरेका छन् । पौडेलले १०१९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह सुरूदेखि नै शिर्षस्थानमा छन् । उनले १११८ मत प्राप्त गरेका छन् ।

हालसम्म यस क्षेत्रमा चार हजार मतगणना भइसकेको छ ।