काठमाडौं-३ मा पछि परे चालिसे, राईले लिए अग्रता

काठमाडाैं । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुर्गाविक्रम थापा क्षेत्रीले छ सय ४७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेश गिरीले दुई सय ५२ मत पाएका छन् । तीन हजार चार सय २४ मतमध्ये तीन हजार दुई सय ७१ मत सदर भएको थियो । एक सय ५३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार सम्पन्न मतदानमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया