काठमाडौं १ मा मिश्रले लिए अग्रता, पछि परे सिंह
काठमाडौं । काठमाडौं क्षेत्र नंबर १ मा राप्रपाका उम्मेदवार विन्द्र मिश्रले अग्रता लिएका छन् । २४१३ मतसहित उनले पहिलो स्थान बनाउन सफल भएका हुन् ।
गणना सुरू भएदेखि उनलाई कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले उछिनिरहेका थिए । हाल सिंहको मत २१४० रहेको छ । यसअघिको निर्वाचनमा पनि दुईबीचको कडा प्रतिस्पर्धामा मिश्र आठ सय १८ मतलेमात्रै पराजित भएका थिए ।
त्यस्तै, एमालेका किरण पौडेलले १०१९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ७०२ मत प्राप्त गर्दा सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया