दाङ २ मा झण्डै दोब्बर मतले रेखा अगाडि

काठमाडौं । दाङ क्षेत्र नंबर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा एमाले उम्मेदवार शंकर पोख्रेलको तुलनामा झण्डै दोब्बर मतले अगाडि छिन् ।
पछिल्लो मतपरिणामअनुसार शर्माले १४५० मत प्राप्त गर्दा एमालेका महासचिवसमेत रहेका पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ०६४ को निर्वाचनदेखि माओवादीले जित्दै आएको छ ।
प्रतिक्रिया