रुपन्देही–३ मा गृह मन्त्री खाणको सुरुवाती अग्रता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सुरुवाती अग्रता लिएका छन् ।
एक हजार एक मतगणना हुँदा पाँच दलीय गठबन्धनका उम्मेदवार खाणले चार सय १४ मत प्राप्त गरेका छन् । खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन् ।
बोहराले तीन सय १७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया