NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

ललितपुरबाट एमालेले खोल्यो खाता

काठमाडौं । एमालेले प्रतिनिधिसभातर्फ ललितपुर २ बाट खाता खोलेको छ ।

ललितपुर २ मा एमालेका प्रेमलाल महर्जन १५ हजार २५ मतसहित विजयी भएका हुन् । नेकपा एसमा लागे पनि उनी केही समयमै एमाले फर्किएका थिए ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८६६६ मत ल्याउँदा गठबन्धनतर्फ एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८२६४ मत पाए । उनी २०७४ सालमा यही क्षेत्रबाट एमालेबाट जितेका थिए । तर एमाले छोडेर एसमा लागेका उनी पराजित भए ।