NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

बाग्लुङ-२ मा गठबन्धनका पौडेल अगाडि

बागलुङ । बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेकी छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहेका छन् ।

साथै प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा छन् । एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा छन् ।