सिन्धुपाल्चोक–१ मा पछि परे अग्नि सापकोटाका भतिज
काठमाडौं । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गणना हुँदा नेकपा (एमाले) का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. १ (क) मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गरेका छन् । त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।


प्रतिक्रिया