NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

ललितपुर–१ मा फेरि पछाडि परे सिलवाल

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेदवार नवराज सिलवाल मतगणनामा फेरि पछाडि परेका छन् । त्यहाँ सिलवाललाई पछि पार्दै कांग्रेसका उम्मेदवार उदयशमशेर राणा अगाडि लागेका छन् ।

प्राप्त पछिल्लो मत परिणामअनुसार, राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा सिलवालले ८ हजार ४३१ मत हासिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत ल्याइसकेका छन् ।

प्रतिनिधिसभातर्फ तीन क्षेत्र रहेको ललितपुरमा क्षेत्र नं. २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् भने ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता कायम गरिरहेकी छन् ।