रविले उमेशलाई उछिने, एमाले उम्मेदवारसँग मात्रै १०४ मतको दूरी
काठमाडौं । प्रारम्भिक मतगणनामा प्रतिस्पर्धीभन्दा निकै पछि परेका चितवन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतान्तर साँघुरो पार्दै दोस्रो स्थानमा उक्लिएका छन् ।
कांग्रेसका प्रतिस्पर्धी उमेश श्रेष्ठलाई पछि पार्दै लामिछाने दोस्रो स्थानमा उक्लिएका हुन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले २३३१ मतका साथ लिड गरिरहेका छन् । उनलाई नजिकबाट चुनौती दिइरहेका लामिछानेको २ हजार २२७ मत छ । यहाँ रवि मात्रै १०४ मतले पछि परेका छन् ।
रवि लामिछानेलाई सुरुवातमा पछि पारेका कांग्रेसका श्रेष्ठ पछि परेका छन् । उनले हालसम्म २ हजार ३७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया