NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

चितवन १ मा घण्टीलाई १२१४ मतको अग्रता

काठमाडौं । चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेको छ । घण्टी चुनाव चिह्नका उम्मेदवारले मतान्तर बढाउँदा कांग्रेस र एमालेका उम्मेदवार पछि पर्न थालेका छन् ।

नेपालवाचलाई प्राप्त पछिल्लो मत परिणाममा त्यहाँ घण्टी चुनाव चिह्नमा ५ हजार ९८ मत परेको छ ।

स्वतन्त्र पार्टीका उम्मेदवारलाई कांगेसका उम्मेदवारले ३ हजार ८८४ मतका साथ चुनौती दिइरहेका छन् । त्यहाँ एमाले उम्मेदवार कांग्रेस उम्मेदवारभन्दा मात्र ४ मतले पछाडि परेका छन् ।

चितवनमा अहिले मतगणना जारी छ । चितवन २ को प्रारम्भिक मतगणनामा निकै पछि परेका रविले अवस्था सुधार गर्दै लिडका लागि संघर्ष गरिरहेका छन् ।