NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

काठमाडौं–२ मा घण्टीलाई १५६३ को अग्रता, ओनसरी चौथो

काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले आफ्नो अग्रता थप फराकिलो पार्दै लगेकी छन् ।

प्राप्त पछिल्लो मत परिणाममा गौतमले ५ हजार ३३२ मत हासिल गरेकी छन् भने उनलाई नजिकबाट पछ्याइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलको मत ३ हजार ७६९ छ ।

यो क्षेत्रमा एमाले तेस्रो स्थानमा रहेर संघर्ष गरिरहेको छ भने पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती चौथो पोजिसनमा छिन् । उनीहरूले हालसम्म क्रमशः ३ हजार ७१ र २ हजार ८१६ मत पाएका छन् ।