नवलपरासी १ मा घण्टिलाई उछिन्दै अघि लागे चौधरी
काठमाडौं । नवलपरासी निर्वाचन क्षेत्र नंबर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीलाई पछ्याइरहेका उनले पाँच हजार ९६० मत ल्याएर अगाडि पुगेका हुन् ।
ठकुरीले पाँच हजार ७८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तीन हार ८०३ मतले तेस्रो स्थानमै छन् ।


प्रतिक्रिया