नेमकिपाको गढमा एमालेको अग्रता
काठमाडौं । भक्तपुर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ हो । त्यहाँ केही दशकदेखि यो दलको एकछत्र राज छ । त्यसैले यहाँ नेमकिपाको स्थान अन्य दलले लिने अनुमानसम्म गरिदैन ।
तर आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नेमकिपाको जनाधार खस्किएको देखिएको छ । जारी मतगणनामा एमाले उम्मेदवारले नेमकिपाका उम्मेदवारलाई फराकिलो अन्तरमा पछि पारेका छन् ।
नेमकिपाले भक्तपुर १ मा प्रेम सुवाललाई उम्मेद्वार बनाएको थियो । ०७४ मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर यस पटक सुवाललाई एमालेका नवराज गेलालले पछि पारेका छन् । भर्खरै प्राप्त ताजा नतिजामा गेलालले ६८१७ मत हासिल गर्दा सुवाल ५२५९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
भक्तपुर २ मा पनि मतगणना जारी छ । यहाँ भने कांग्रेस एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया