समाज र देश रुपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएर लाग्छु : रविन्द्र मिश्र
काठमाडाैं । राप्रापाका रविन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमानसिंहसँग १२५ मतको झिनो अंकले हारेका छन् । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी भएका छन् भने मिश्रले ७ हजार १८ मत ल्याएका थिए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए ।
चुनावमा हारेपछि उनले आफू मतपरिणामबाट अलिकति दुखी भएको तर समाज र देश रुपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको भन्दै लेखेका छन् । उनले सामाजिकसञ्जालमा लेखेका छन्, ‘पाँच वर्षको मेरो उतारचढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।’
उनले यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र नभएर त्यो ‘चुनावी महासंग्राम’ भएको बताएका छन् ।
हेर्नुहोस् रवीन्द्र मिश्रको स्टाटस :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया