सुनसरी-१ मा गठबन्धनका मुकेशको अग्रता
सुनसरी । सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश) ले अग्रता लिएका छन् । धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत गनिसक्दा मुकेशले अग्रता लिएका हुन् ।
मुकेशले एक हजार दुई सय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले–जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले एक हजार एक सय २२ मत ल्याएर मुकेशलाई पछ्याइरहेका छन् । यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले एक हजार ९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले एक हजार ९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले एक हजार चार मत प्राप्त गरेका छन् । सुरुआती चरणमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया