सुनसरी-१ मा गठबन्धनका मुकेशको अग्रता

सुनसरी । सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणामअनुसार लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मुक्साङहाङ मेन्याङ्बो (मुकेश) ले अग्रता लिएका छन् । धरान उपमहानगर क्षेत्रको वडा नं १ देखि ४ सम्मको कूल छ हजार चार सय ३६ मत गनिसक्दा मुकेशले अग्रता लिएका हुन् ।
मुकेशले एक हजार दुई सय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले–जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले एक हजार एक सय २२ मत ल्याएर मुकेशलाई पछ्याइरहेका छन् । यस्तै, खरायो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले एक हजार ९१, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले एक हजार ९० र राप्रपाका उम्मेदवार अशोक राई (अविरल) ले एक हजार चार मत प्राप्त गरेका छन् । सुरुआती चरणमा राप्रपा र स्वतन्त्र पार्टीको अग्रता थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया