NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

ललितपुर–३ मा तोसिमालाई २०५१ को अग्रता, एमाले–माओवादीको कति ?

काठमाडौं । ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेकी छन्। सुरुवातमा एमाले उम्मेदवारसँग पछि परेकी तोसिमाले पछिल्लो परिणाममा आफ्नो अग्रता फराकिलो पारेकी हुन् ।

नेपालवाचलाई प्राप्त पछिल्लो मत परिणाममा कार्कीले ७ हजार ८६४ मत हासिल गरेकी छन् । उनलाई चुनौती दिइरहेका एमालेका अमृत खड्का कार्कीभन्दा २०५१ मतले पछाडि परेका छन् । उनले हालसम्म ५ हजार ८१३ मत बटुलेका छन् ।

ऊर्जा मन्त्रीसमेत रहेकी गठबन्धनकी उम्मेदवार पम्फा भुसाल निरन्तर पछाडि छन् । तेस्रो स्थानमा रहेकी उनले ३ हजार २६८ मत हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष