मोरङ २ मा पछि परिन् कांग्रेसकी सुजाता
काठमाडौं । कांग्रेस उम्मेदवार सुजाता कोइराला मोरङ २ मा पछि परेकी छिन् । प्रतिनिधिसभा सुजातालाई एमालेका उमेदवार ऋषिकेश पोखरेल पछाडि पारेका हुन् ।
यस अघि साँघुरो मतले सुजाता अगाडि थिइन् । तर अहिले एमाले उम्मेदवार अगाडि लागेका हुन् । पोखरेलले चार हजार १६० ल्याएका छन् । सुजाताले चार हजार पाँच मत ल्याएकी छिन् ।
सुजाता १५५ मतले पछि परेकी हुन् ।
अघिल्लोपटक सुजाता समानुपातिकबाट सांसद बनेकी थिइन् ।
यो क्षेत्रमा कांग्रेसका डा. मीनेन्द्र रिजालले निर्वाचन जितेका थिए । तर यसपटक कांग्रेसले रिजाललाई नदिई सुजातालाई टिकट दिएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया