मोरङ २ मा पछि परिन् कांग्रेसकी सुजाता

काठमाडौं । कांग्रेस उम्मेदवार सुजाता कोइराला मोरङ २ मा पछि परेकी छिन् । प्रतिनिधिसभा सुजातालाई एमालेका उमेदवार ऋषिकेश पोखरेल पछाडि पारेका हुन् ।
यस अघि साँघुरो मतले सुजाता अगाडि थिइन् । तर अहिले एमाले उम्मेदवार अगाडि लागेका हुन् । पोखरेलले चार हजार १६० ल्याएका छन् । सुजाताले चार हजार पाँच मत ल्याएकी छिन् ।
सुजाता १५५ मतले पछि परेकी हुन् ।
अघिल्लोपटक सुजाता समानुपातिकबाट सांसद बनेकी थिइन् ।
यो क्षेत्रमा कांग्रेसका डा. मीनेन्द्र रिजालले निर्वाचन जितेका थिए । तर यसपटक कांग्रेसले रिजाललाई नदिई सुजातालाई टिकट दिएको थियो ।
प्रतिक्रिया