‘मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु’
काठमाडौं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।’
नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भने, ‘अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।’ उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया