NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

रसुवामा कांग्रेसका आचार्यको शानदार जित

काठमाडौं । कांग्रेसले रसुवाको प्रतिनिधिसभाको क्षेत्रमा जित हात पारेको छ । मोहन आचार्यले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

विजयी आचार्यले आचार्यले १८ हजार २३५ मत ल्याए । पराजित तामाङले ८ हजार ६१४ मत ल्याए ।

अघिल्लोपटक पनि कांग्रेसका आचार्य नै यो क्षेत्रबाट विजयी भएका थिए ।