NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अहिलेसम्म कुन दलले कति सिट जिते ? कुन दल कति अग्रतामा ?

काठमाडौं । ४ मंसिरमा भएको निर्वाचनपछि मतपरिणाम आउने क्रम बढेको छ । १६५ क्षेत्रको प्रतिनिधिसभाको निर्वाचनमा केही क्षेत्रको मात्रै परिणाम आएको छ ।

परिणाम आएमध्ये अहिलेसम्म कांग्रेसले सबैभन्दा ५ क्षेत्रमा जितेको छ ।

कांग्रेसबाट काठमाडौं ४ बाट गगन थापा, काठमाडौं १ बाट प्रकाशमान सिंह, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली र रसुवाबाट मोहन आचार्य विजयी भएका छन् ।

एमाले पनि अहिलेसम्म तीन क्षेत्रमा विजयी भएको छ । एमालेबाट ललितपुर २ मा प्रेम महर्जन, काठमाडौं ९ कृष्णगोपाल श्रेष्ठ र उदयपुर २ मा अम्बरबहादुर रायमाझी जितेका हुन् ।

कैलाली ३ बाट जनमुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् ।

अहिलेसम्म कांग्रेसले ४६, एमालेले ४४, माओवादीले १६, राष्ट्रिय स्वतन्त्र पार्टीले ९, राप्रपाले ५, एकीकृत समाजवादीले ८, जसपा ४, लोसपा २ क्षेत्रमा अगाडि छन् ।

प्रतिनिधिसभाकाे समानुपातिक मतमा एमाले कांग्रेसभन्दा अगाडि छ ।