NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

बागलुङ–२ प्रदेशसभा (ख) मा कांग्रेस विजयी

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले) का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरे ।

कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत प्राप्त गरे ।

नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गरे ।