सोमप्रसादलाई पछि पारेर अघि लागे गैरे
काठमाडौं । पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुरप्रसाद गैरेले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि छन् ।
गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहेका छन् । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहेका थिए ।
लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गर्नुभएका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्यान क्षेत्र नं २ मा तानिएको छ ।
क्षेत्र नं २ को सदरमुकाम तानसेनस्थित बाल मन्दिरमा मतगणना भइरहेको छ । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९३ मतदाता छन् । निर्वाचनमा ६४ हजार दुई सय तीन मत खसेको छ ।


प्रतिक्रिया