NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माधव नेपालको पार्टीले पनि खोल्यो जितको खाता

काठमाडौं । एकीकृत समाजवादीले अछामबाट प्रतिनिधिसभा सदस्यमा जितको खाता खोलेको छ ।

माधव नेपाल नेतृत्वको समाजवादीबाट अछाम क्षेत्र नम्बर १ मा शेरबहादुर कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् ।

पराजित एमालेका झपट  बोहोराले १५ हजार ४५ मत पाए ।

स्वतन्त्रका उम्मेदवार राजन कुँवरले ४ हजार २९२ मत ल्याए ।

एमालेले यहाँ भीम रावललाई टिकट दिन अस्वीकार गरेको थियो ।