NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

सातौं पटक डडेल्धुराबाट सांसद चुनिए देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा देउवा आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरमा पाखा लगाउँदै सांसदमा निर्वाचित भएका हुन् ।

देउवा २५ हजार ५३४ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकाल १३ हजार ४२ मतमा रोकिए ।

एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

डडेल्धुराबाट देउवा सांसदमा निर्वाचित भएको यो सातौं पटक हो । एक टेलिभिजन कार्यक्रममा देउवालाई प्रश्न गरेर चर्चामा आएका ढकाल उनलाई परास्त गर्न स्वतन्त्र उम्मेदवारी लिएर डडेल्धुरा पुगे पनि उनी चलन सकेनन् ।

ताजा अपडेट

नेपालवाच विशेष