काठमाडाैं १० बाट विजयी भएका राजेन्द्रकुमार केसीको राजनीतिक यात्रा

काठमाडौं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । ६६ वर्षीय उनी बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी भएका हुन् । १४ हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हिमेस केसीलाई दुई हजार ६७२ मततान्तरले पछि पारेका हुन्।
उनले भने,’मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र निष्कलङ्क भएर काम गर्न चाहन्छु ।’
लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए । “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।’
कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गरेकाेमा पहिलो पटक काठमाडौँ १० बाट नै निर्वाचित भएका थिए । केसी दोस्रो पटक ०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनाका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा रहेका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थिए ।
स्नातकोत्तरसम्म अध्ययन गरेका उनकाे राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि पार्टीगत राजनीतिमा सक्रिय हुँदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बने । चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहेका उनी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया