स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै
काठमाडाैं । मंसिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्यांङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्यांजा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।
लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दबाब दिइरहेको छ भने नेकपा (एमाले)लगायत दलहरुले पुनः मतदानको माग गर्दै दबाब दिइरहेका छन् । ‘सर्वदलीय बैठकमा सहमति नजुटेपछि यहाँको परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएका छौँ,’ उनले भने, ‘हामीले सहमतिका लागि प्रयास ग-यौँ तर निष्कर्षमा पुग्न सकेनौँ अब आयोगको निर्णयको पर्खाइमा छौँ, त्यहाँबाट जे जस्तो निर्णय आउँछ सोही प्रक्रियाअनुसार अगाडि बढ्छौँ ।’
नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । कांग्रेस भने विधिसंगत प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ । एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन् । कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ । कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए । दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया