मोरङ ३ मा ढकाल भन्दा दोब्बर मतले शर्मा अगाडि, रेखा तेस्रो
काठमाडौं । मोरङ क्षेत्र नंबर ३ मा कांग्रेस उम्मेदवार सुनिल कुमार शर्मा एमालेका भानुभक्त ढकाल भन्दा दोब्बर मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणामअनुसार शर्माले आठ हजार पाँच मत प्राप्त गर्दा ढकालले चार हजार ३५१ मत प्राप्त गरेका छन् ।
त्यस्तै, अभिनेत्री तथा राप्रपाकी उम्मेदवार रेखा थापाले एक हजार ८७७ मत हासिल गरेकी छिन् ।
प्रतिक्रिया