NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मेयरमा पराजित हुँदा २३ हजार मत ल्याएकी रञ्जुले यसपटक कति ल्याइन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा ०७४ मा मेयर पदका लागि उम्मेदवार दिँदा निकै चर्चित नाम हो रञ्जु दर्शना । हराभरायुक्त र फोहोरमुक्त काठमाडौंको नारा बोकेर विवेकशील पार्टीको तर्फबाट मेयर पदका लागि दाबेदारी दिँदा रञ्जुले २३ हजार भन्दा बढी मत प्राप्त गरेकी थिइन् ।

तर, यो पाँच वर्ष उनको राजनीतिक यात्राका लागि सुखद रहेन । उनी आबद्ध पार्टी विभिन्न टुटफुटको श्रंखलामा पुगेपछि पार्टी त्याग गरी स्वतन्त्रतर्फबाट यसपटकको संसदीय निर्वाचनमा हाम फालेकी रञ्जुले नराम्रो हार व्यहोरेकी छिन् ।

उक्त स्थानीय तह चुनावमा प्राप्त गरेको मतको तुलनामा यसपटक रञ्जुले निकै कम कम प्राप्त गरिन् । काठमाडौं ५ बाट सेल रोटी चुनाव चिन्हसहित संघीय संसद छिर्ने मैदानमा उत्रिएकी उनले ६ सय मत प्राप्त गरिन् ।

यस क्षेत्रमा कांग्रेस नेता प्रदीप पौडेलले १५ हजार २३७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले १० हजार १७२ मत हासिल गरेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गर्दै एमाले उपाध्यक्ष पोखरेल विजयी भएका थिए । विवेकशील पार्टीका संस्थापक दिवंगत उज्ज्वल थापा पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा थिए ।