ओलीका विश्वासपात्रलाई परास्त गर्दै लेखक बने सांसद
काठमाडौं । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का निरूदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गरेकी छन् ।
त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताए । उनले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया