रुपन्देही–४ मा शुक्लको ह्याट्रिक
काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछार्दै विजयी भएका हुन् ।
कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए । निर्वाचन कार्यलयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यादवले २२ हजार ७ सय चार प्राप्त गरे ।
जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत हासिल गरेका छन् ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घरभएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक विजयी बनेका हुन् । उनी छ पटक मन्त्री भइसकेका छन् ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया