कर्णालीका सात स्थानको परिणाम सार्वजनिक, कहाँ कसको पल्लाभारी ?
काठमाडौं । कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ ।
पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक÷एक ठाउँमा विजयी भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । नेकपा (एमाले) का अमृत विसीलाई पराजित गर्दै उनी विजयी बनेका हुन् ।
यस्तै, दैलेख क्षेत्र नं १ प्रदेश (१) मा प्रदेशसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गरेका हुन् । खत्रीले नौ हजार चार सय ६४ तथा रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे ।
जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । उनले १८ हजार पाँच सय ४३ मत प्राप्त गरे । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गरे ।
जाजरकोटको प्रदेशसभा (२) बाट कांग्रेसका राजिवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले एमालेका खिमबहादुर शाहीलाई पाँच हजार पाँच सय १० मतान्तरले पछि पारे । एमालेका शाहीले १० हजार पाँच सय ३० मत पाए ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ९१० मा कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । भण्डारीले एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराए । भण्डारीले १० हजार आठ सय मत प्राप्त गरे । एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरे ।
जुम्ला प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका देवेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार ललितजङ्ग शाहीलाई एक हजार आठ सय ९९ मतले हराएका हुन् । कांग्रेसका शाहीले नौ हजार छ सय ५४ मत तथा स्वतन्त्र उम्मेदवार शाहीले सात हजार सात सय ५५ मत पाए ।
यस्तै जुम्ला प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पद्मबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका छन् । पछाई सात हजार आठ १५ मतले विजयी भएका हुन् । रोकायले छ हजार सात सय २२ मत ल्याए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया