धादिङ–२ प्रदेश १ मा कांग्रेसका लम्साल विजयी
काठमाडौं । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा (१) मा नेपाली कांग्रेसका गोविन्द लम्साल विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार लम्साल विजयी भएका हुन् ।
अधिकारीलाई भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।
यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरे ।
त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाउनु भएको थियो । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।
यस प्रदेश सभामा उम्मेद्वार रहेका मङ्गोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगरले १ हजार १३ मत पाए । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्ककुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरे ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया