लमजुङमा एमालेले अग्रता बढाउँदा पछि परे देव गुरुङ
काठमाडौं । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक हजार पाँच सय २० मतले उनी अघि रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
कार्यालयका अनुसार आज साँझ साढे सात बजेसम्ममा ६१ हजार एक सय छ मत गणना गर्दा पृथ्वीसुब्बाले २६ हजार दुई सय २८ मत र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले २४ हजार सात सय आठ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार चार सय ८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो पौने तीन बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्म पृथ्वीसुब्बालाई देवप्रसादले भेटाउन सकेका छैनन् ।
जिल्लामा आठ पालिकामध्ये छ पालिकामा मग गणना सम्पन्न भइसकेको छ । यतिबेला मस्र्याङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको मत गणना भइरहेको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया