रुकुमपश्चिममा मतगणना जारी, जनार्दनको मत कति ?
काठमाडौं । रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लगेका छन् । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात सय ३३ मत ल्याएका छन् ।
नेकपा (एमाले) का नन्दराम देवकोटाले चार हजार छ सय ३२ मतसहित शर्मालाई पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर आठ हजार एक सय एक रहेको छ । त्यस्तै राप्रपाका दिपककुमार मल्लले चार सय ४४, मङ्गोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०, स्वतन्त्र उम्मेदवार तारक केसीले नौ सय ५५ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १९ मत पाएका छन् ।
प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा कूल ६० हजार पाँच सय २७ मत खसेको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया