पहिलो प्रयासमै जुम्लाबाट शाहीको सानदार जित
काठमाडौं । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा गौतम (कुँवर) लाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् ।
उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।
त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भए ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया