चितवन–२ मा रवि प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले अगाडि
काठमाडौं । चितवनको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई तेब्बर बढी मतले पछाडि पारेका छन् ।
प्राप्त पछिल्लो मत परिणाममा लामिछानेले ४२ हजार २४१ मत हासिल गरिसकेका छन् । रविका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ९२९ र एमालेका कृष्णभक्त पोखेलको १३ हजार ३०८ छ ।
रवि अहिले श्रेष्ठभन्दा २८ हजार ३९२ र पोखरेलभन्दा २८ हजार ९४१ मतले अगाडि छन् ।
त्यहाँ अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया