चितवन–२ मा रवि प्रतिस्पर्धीभन्दा तेब्बर बढी मतले अगाडि
काठमाडौं । चितवनको प्रतिनिधिसभा क्षेत्र नं. २ को उम्मेदवार रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई तेब्बर बढी मतले पछाडि पारेका छन् ।
प्राप्त पछिल्लो मत परिणाममा लामिछानेले ४२ हजार २४१ मत हासिल गरिसकेका छन् । रविका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठको १३ हजार ९२९ र एमालेका कृष्णभक्त पोखेलको १३ हजार ३०८ छ ।
रवि अहिले श्रेष्ठभन्दा २८ हजार ३९२ र पोखरेलभन्दा २८ हजार ९४१ मतले अगाडि छन् ।
त्यहाँ अहिले मतगणना जारी छ ।


प्रतिक्रिया