कमल थापाले हार स्वीकार गर्दै लेखे– एमालेका कमरेडप्रति आभारी छु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।
यो क्षेत्रको मतगणना नसकिँदै थापाले आफ्नो हार स्वीकार गरेका हुन् ।
अहिले मकवानपुर–१ को मतगणना जारी छ र कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिनाले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाए
का छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्– प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो। व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ। पराजयलाई सहर्ष स्विकार गर्दछु।’
थापाले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने आफूलाई खिन्न लागेको बताएका छन् ।
थापा एमालेको चुनाव चिह्न सूर्य लिएर निर्वाचनमा होमिएका थिए । उनले मतदिने मतदाताप्रति आभार व्यक्त गर्दै एमालेलाई पनि विशेष धन्यवाद दिएका छन् ।
चुनावमा साथ दिने एमालेका नेता तथा कार्यकर्तालाई थापाले कमरेड शब्द नै प्रयोग गरेर आभार प्रकट गरेका छन् । उनले लेखेका छन्–रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरूप्रति आभारी छु।’
निर्वाचनमा पराजित भए पनि देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको पक्षमा देखिएको जनलहरप्रति संकेत गर्दै उनले चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नुपर्न बताएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया