रुपन्देही २ (१) मा एमालेका गिरी निर्वाचित
रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का लिला गिरी निर्वाचित भएका छन् ।
एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत छन् । गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गरेकत्र प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए ।
यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया